You are viewing the translated version of प्रयोगशालाको स्थापना तथा सञ्चालन.

Section 65
प्रयोगशालाको स्थापना तथा सञ्चालन
(१) ऐनको दफा ३८ कोः उपदफा (१) बमोजिम खानेपानी तथा फोहोरपानीको गुणस्तर मापन तथा परीक्षण गर्नको लागि नेपाल सरकारले स्थापना गरेको प्रयोगशालाको जिम्मेवारी देहाय बमोजिम हुनेछ:-

(क) खानेपानी तथा फोहोरपानीको नमूना सङ्कलन गर्ने,

(ख) खण्ड (क) बमोजिम सङ्घलित नमूनाको प्रयोगशालामा जाँच तथा परीक्षण गर्ने,

(ग) जाँच तथा परीक्षणको नतिजाको जानकारी सेवाप्रदायकलाई उपलब्ध गराउने,

(घ) जाँच तथा परीक्षण गरिएको खानेपानी तथा फोहोरपानी नमूनाको एकीकृत गुणस्तर प्रतिवेदन विभांग र मन्त्रालयले तोकेको अधिकारीलाई:मासिक रुपमा पठाउने ।

(२) प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त निजी खानेपानी तथा फोहोरपानी प्रयोगशाला तथा सेवाप्रदायकका पानी परीक्षण प्रयोगशालाले खानेपानी तथा फोहोरपानी परीक्षण गर्दा उपनियम (१) को खण्ड (ग) र (घ) बमोजिमको कार्य गर्नु पर्नेछ।